काठमाण्डौँ, मंसिर ३

तिनकुनेमा शुत्रबार बिहान करिब १० ः ३० बजे बा ३ ख २०५६ नम्बरको बसले बा२६ प ४३३८ नम्बरको मोटसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको निधन भएको छ ।

मोटरसाइकल चालक काभ्रे जिल्ला नाला बस्ने ४७ वर्षका गोपाल श्रेष्ठ रहेको माहानगरिय प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिएर घाइते भएपछि उनलाई गम्भिर अवस्थामा सिभिल हस्पिटल लगिएको थियो । उपचारको दौरान करिब ११ वजेतिर उनलाई हस्पिटलले मृत घोषणा गरेको थियो ।

मृत्क पुर्व उपसेनानी रहेको खुल्न आएको छ । ठक्कर दिने बस चालकलाई माहानगरिय प्रहरी वृत नयाँ वानेश्वरले नियन्त्रणमा लिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया