काठमाण्डौँ, मंसिर २
प्रधानमंन्त्री निवास वालुवाटारमा बसेको तिन दलिय बैठक विना निष्कर्ष सकिएको छ । बुधबार विहान बसेको बैठकमा प्रधामंन्त्रीले सविधान संशोधनको विषयलाई मुख्य बनाएको थिए । सिमांकन, नागरिकता,भाषा र राष्ट्रिय सभा तथा प्रतिनिधि सभा बारे बैठकमा प्रधानमन्त्रीले छलफल चलाएका थए ।
बैठकमा काग्रेस मौन रहे पनि नेकपा एमाले भने सिमाकंनको विषयमा पुर्वका झापा मोरङ सुनसरी पहाडमा हुनै पर्ने र अंगिकृत नागरिक देशको उच्च पदमा जान नपाउने पुरानै कुरा दो¥याएको छ ।
बैठक पुन मंसिर ६ गते बस्ने छ । आगामी बैठकमा गहन छलफल गर्ने सहमति भएको छ ।