कैलाली,
गैरकानुनीरुप नेपालको बाटो हुदे भारत हिडेको ४१ जना तिब्बतीलाई कैलाली प्रहरी पक्राउ गरेको छ । उनीहरु गौरी फन्टा नाका भएर नेपाली नम्बर प्लेट यात्रुबाहक बसमा भारत जान लागेको बताएको छ । राहदानी र भिसाका विना नै नेपाल छिरेको हुनाले पनि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अछामको एक होटलमा खान खाएर हिडेका तिब्बती नागरिकहरुलाई नेपालमा अनुगमन कागजात नहुदा नेपाल प्रहरीले पक्राउ गरेको र केहिसँग भारतीय कागज पत्र भए पनि अन्यसँग केहि पनि कागज पत्र नभएको प्रहरीले जनाएको छ ।
आफनो वटा बस भएको र विगत २५ वर्षदेखि आफुले यसरी नै तिब्बतीहरुलाई भारतको विभिन्न तिर्थस्थल घुमाउने गरेको बस चालकले बताएका छन् । नागरिीक तिब्बती भए पनि नेपाली चालक अनुमति पत्र बनाएको पनि बताएको छ । यसरी समतिएका तिब्बतहिरुलाइ नेपाल प्रहरीको स्कटिङमा काडमाण्डौ अध्यागमन पठाएको प्रहरीले जनाएको छ ।
नेपाल एक चिन निति प्रति प्रतिबद्ध रहेका जानकारी दिइरहदा नेपालको बाटो भएर भारत जाने तिब्बतीहरु कारण नेपाल सरकारलाई थप तनाव भईरहेको छ । बाम्बार यहि विषयलाई लिएर चिन सरकारले चिन्ता व्यक्त गरिरहेको छ ।