कार्तिक २९,
आज आकाशमा सबैभन्दा ठुलो चन्द्रमा उदाउने छ । बैज्ञानिकहरुका अनुसार आज चन्द्रमा पृथ्विको धेरै नै नजिक हुनेछ जस्ले गर्दा चन्द्रमा अरु पुर्णिमामा भन्दा ठुलो र उज्यालो देखिनेछ ।
आज नेपाली समय अनुसार साझ ७:३७ मा चन्द्रमा सबै भन्दा नजिक आउनेछ र ठुलो र चम्किलो देखिनेछ ।
चन्द्रमा र पृथ्विको औसत दुरी २,३८,९०० माइल्स हुन्छ तर आज भने चन्द्रमा र पृथ्विको दुरी २,२१,५२४ माइल्स मात्र हुनेछ ।
यस अघी चन्द्रमा यत्तिको नजिक जनवरी २६, १९४८ मा आएको थियो र अब फेरी यस्तै चन्द्रमा हेर्न नोवेम्बर २४, २०३४ सम्म कुर्नुपर्नेछ ।