काठमाण्डौँ, कात्तिक २८
नेकपा माओबादी विप्लव समुहले खाद्या सम्प्रुभुताको माग राख्दै गरेका नेपाल बन्दको प्रभाव राजधानीसहित देशको प्रमुख शहरहरुमा प्रभाव परेको छ । बन्द गराउदै हिडेका ५० जना भन्दा वढि बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएकोछ । फाट्टफुट्ट भाडाका सवारी साधन चलेको छ भने बन्दाकर्ता भन्दा प्रहरी सडकमा बढि देखिन्छ । सरकारले भाडाका सवारी साधन चलाउन आग्रह गरेको छ भने सुरक्षाको प्रत्यभुतिसमेत दिने जनाएको छ ।
गल्ली गल्लीमा प्रहरीको उपस्थिति बाक्लो रहेको छ । प्रहरीले बाक्लो उपस्थिती गराएर सरकारले बन्द नभएको देखाउन खोजे पनि कतै कतै सवारीका साधन तोडफोड भएको अपुष्ट समाचार आएको छ । देशभरका सडकहरुमा औसत सवारी साधन मात्र चलेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सवारी साधन निधंक्क चलाउन आग्रह गरिएको छ ।
उता बन्द कर्ता भने सडकमा देखिएका छैनन् । थोरै मात्रामा देखिएको बन्दकर्ता पनि प्रहरीले पक्रिएको छ । बन्दकर्ताले बेलुुका ५ बजे बन्द सकिने र आजको बन्द फिर्ता नहुने जनाएका छन् । सडकमा हुने अप्रिय घटनाको दोष सरकारले लिनु पर्ने माओबादीले जनाएको छ । भावी याजना बन्द सकिएपछि छलफलले निर्णय गर्नेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया