काठमाडौं, कात्तिक २८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधनमा केन्द्रित हुँदा भुकम्पपछिको पुनर्निर्माण छायामा परेको छ । राष्ट्रिय निर्देशक समितको बैठक लगातार तीनपटक स्थगित भइसकेको छ ।
पुनर्निर्माणलाई गति दिन तय गरिएका एजेन्डा थन्कँदा निजी आवास निर्माण गर्न अनुदान पर्खेका भूकम्पपीडित अप्ठ्यारोमा परेका छन् ।
लाभग्राहीको सूचीमा नपरेका गुनासो गर्ने एक लाख ७३ हजार सात सय ७८ वटा गुनासो सम्बोधन भएका छैनन् भने ती लाख रुपैयाँ तीन चरणमा उपलव्ध गराउने कार्यविधि मन्त्रिपरिषदमा थन्किइको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।