काठमाण्डौँ,कात्तिक २६

विमान अवतरणको क्रममा मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । 9N-AJG कल साईनको विमान सुर्खेतबाट सामान लिएर हुम्ला गएको थियो । पाङग्रा पंञ्चर भएर विमान दुर्घटना भएको बताइएको छ ।

विमानमा सामान्य क्षति पुगेको छ भने विमानमा पाइलट र सह पाइलट गरि २ रहेका थिए । विमान सिङगल इन्जिन भएको र उक्त विमान सवार चालक दलका सदस्यहरु संकुशल रहेको बताइएको छ ।

अहिले पञ्चर भएको टायर बनाएर पुन उडान भर्ने तयारीमा रहेको विमान स्थल स्रोतले बताएको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया