काठमाण्डौँ, कात्तिक २५

केहि समय अघि वानेश्वको अल्फा विटा भवनमा मुख्य कार्यलय राखेर निकै तामझमसँग सञ्चालनमा आएको क्लासिक टेक इन्टरनेट सेवा प्रदायाक कम्पनीले आम उपभोत्ताले राम्रो सेवा उपलब्ध गराउन सकेको छैन् । तिहारपछि अधिकांस सेवा लिइरहेका उपभोक्ताहरुको इन्टरनेट नचलेको गुनासो आउदा पनि क्लासिककल टेकका कर्मचारीहरु अब ५ दिन जति लाग्छ । हाम्रा कर्मचारीहरु सबै आइपुगेका छैन् भनेर टारिरहेका छन् ।

इन्टरनेट जस्तो सवेंदनसिल विषयमा पनि सामान्य अवस्था जस्तो खेलबाड गरेको पाइएको छ । मानिसहरुले नेटमा बसेर गर्न पर्ने काम गर्न पाएका छैनन् भने कतिपय अफिसहरुले यो कम्पनीको विकल्प खोज्न थालिसकेका छन् । कम्पनीको यस्तो लापारवाहि तरिकाको सेवाले उपभोत्ताहरु मारमा परेका छन् । छिटो सस्तो भनेर विज्ञापन मार्फत उपभोत्ता तानेको उक्त कम्पनीले हाल सेवामा गुणस्तर दिन नसक्दा उपभोक्ताले आक्रोस पोख्न थालेका छन् ।
पैसा तिर्न एक दिन ढिला हुदा सेवा दिन बन्द गर्ने कम्पनीले यति धेरै दिन सेवा बन्द हुदा बन्द भएको दिनको पनि रकम लिनलाई कम्पनीले के गर्छ ? आम उपभोत्ताको गुनासो रहेको छ ।

यहि क्रममा जाने हो भने क्लासिक टेक इन्टरनेट कम्पनीलाई प्रश्न चिन्ह उठाउने र धारे हात गर्नेको संख्या बढ्ने निश्चित छ् । विषेश गरेर क्लासिक टेक नेटको वाईर वाइरलेस दुइकिसिमको सेवामा अधिकांश समस्या नआउने भनेको वाईरवाला इन्टरनेट कनेक्सनमा समस्या आउको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया