खबर कर्नर, कात्तिक २४
काग्रेस सभापति शेर बहादुर देवा भारत भ्रमण सकि आज नेपाल फर्किएको छन् । नेपाल फर्किने क्रममा विमालस्थलमा पत्रकाहरुसँग कुरा गर्दै नेपाली मिडियमा आएजस्तो कुनै भेटघाट नभएको कुरा बताएका छन् । अलि फरक मुद्रामा प्रस्तुत भएका देउवा नेपाली केहि मिडियाँसँग धेरै नै रुष्ट देखिएका देउवा नेपालमा चिन र भारत कसै विरुद्ध पनि नेपाली भुमि प्रयोग हुन नदिने बताउनु भयो । फ्रि तिब्बतलाई सघाउनको लागि भारत धार्मिक गुरुहरुसँग भेटेको भन्ने खबर सहि नभएको र तिब्बत चिनको एक महत्वपुर्ण भुभाग भएकोले आफुले त्यस्तो कार्य गर्नै नसक्ने बताउनु भयो । र आफु एक चिन नितिप्रति प्रतिबद्ध रहेको कुरा पनि बताए ।
इन्डिया फाउन्डेशन गोवाको कार्यक्रममा सहभागी भएर दिल्लीमा उच्चस्तरिय भेटवार्ता गरेका सभापति देउवाले प्रधानमन्त्री मोदीसँग पनि नेपालको वस्तुस्थिती बारेकुरा गरेको बताउदै भुकम्पपछि नेपालको पुननिर्माण र भुपु गोरखा सैनिकको बारेमा पनि कुरा गरेको बताउनु भयो । यसैक्रममा प्रधामन्धी मोदी आफुले गरे्को सबै कुराप्रति सवेदन।शिल भएको पनि जानकारी दिनु भयो ।
पछिल्लो समय सविधान संशधोनको खाका आएको भनेर आफुले संञ्चार माध्यमबाट थाहा पाएको र त्यो सविधान संशोधनको खाका नभएको र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग छलफल गरेर अन्तिम निकर्षमा पुग्ने जानकारी दिनुभयो ।