काठमाडौं,कात्तिक २२

rajniti

 

 

 

 

 

 

संविधान संशोधन गर्न तयार  ‘मस्यौदा’ले आइतबार दिनभर राजनीतिक मञ्चदेखि सामाजिक सञ्जाल ततायो । तर, त्यो ‘मस्यौदा’को जिम्मा लिने कोही भएनन् । सरकारले दलहरूबीच छलफल चलिरहेकाले मस्यौदा तयार गर्ने वेला नै नभएको बताएको छ भने मधेसी दलले पनि त्यस्तो मस्यौदा आफूहरूकहाँ नआएको स्पष्ट पारेका छन् ।

दसैँअगाडि अधिवक्ता दीपेन्द्र झालगायतको टिमले संविधान संंशोधनका लागि प्रस्ताव तयार पारेको थियो । झाको टिमले प्रस्ताव सरकार तथा मधेसी दलका नेताहरूलाई दसैँअगाडि नै दिएको थियो । तर, यो विषयमा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन भने दसैँयता छलफलसमेत नगरेको भन्दै मधेसी दलहरूले असन्तुष्टि जनाएका छन् ।

संविधान संशोधनका लागि मस्यौदाको प्रस्ताव तयार गर्न कुनै औपचारिक कार्यदल बनेको छैन । तर, अनौपचारिक जिम्मा सरकारको तर्फबाट गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले पाएका छन् । उनीहरूले मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक छलफल पनि गरिरहेका छन् । तर, संशोधनको मस्यौदा तयार भने भइसकेको छैन ।

दसैँपछि उनीहरूको बैठक पनि बसेको छैन । मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, मनीष सुमन, हृदयेश त्रिपाठी, लालबहादुर राउत, महेन्द्र राय र केशव झालगायत सक्रिय थिए । तर, केही समयदेखि नै संशोधनको मस्यौदा तयार गर्नेबारे छलफल नभएको केशव झाले जानकारी दिए । ( आजको नयाँ पत्रिका दैनिकमा खबर छ )

 

Please share us on:

तपाईको प्रतिक्रिया