कार्तिक २०,

मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन् ।

नागार्जुन बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मीपूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेका हुन् । साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी विषट विक देउसेसँग नाचिइरहेकी थिइन् ।

उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए । तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Please share us on:

तपाईको प्रतिक्रिया