खबर कर्नर, कात्तिक १२
काठमाण्डौका साघुरा सडक यसै त धेरै सवारी साधन गुड्ने हुनाले व्यस्त तथा जाम हुने गर्छ । काठमाण्डौँ महानगर पालिका केहि स्थान बाहेक सबै ठाउ अव्यवस्थित रहेको छ । यहि अव्यवस्थित सहरमा झन अव्यवस्थित बनाईदिएको सडकमा यत्रतत्र छाडिने गाई तथा गोरुहरुले । गाई गोरुहरुले काठमाण्डौँ माहानगरपालिको मर्यादालाइ प्रश्न चिन्ह खडा गरिदिएको छ सडकमा भेटिन गाईहरुले । सडकमा भेटिने गाई मालिकहरु गाई त पाल्छन् तर चराउनको लागि सडकमा नै त्यतिकै छाडिदिने गर्छन् ।
काठमाण्डौँ महानगरपालिकाको एक कर्मचारीका अनुसार ती गाई धनीहरुलाई कारबाही गर्न नसक्ने बताउछन् । उनका अनुसार पहुच तथा पैसाको आडमा महानगरभन्दा बाहिर पालिनु र छोडिनु पर्ने गाईहरुलाइ कामाण्डौँको व्यस्त सडकमा छोड्नु सानोतिनो मानिसका लागि फलामको चिउरा चपाउनु सरह नै हो भन्छन् । महानगरको सुन्दरतालाई नै कुरुप बनाउदा पनि सरकारी निकायहरु मुख दर्शक बनेका ति कर्मचारी बताउए ।
सडक किनारामा फुटपाट पसल राखेर गुजारा चलाउनेलाई महानगर प्रहरीले लखेटी लखेटी पक्रिन्छ तर व्यस्त सडकमा पशु छोड्ने पशुधनीलाई केहि गर्ने हिम्मत गर्दैन महानगर पालिका र स्थानिय प्रशासन । पशु धनीलाई त कुरा नै छाडौँ पशु सडकबाट हटाउने काम सम्म पनि भएको पाइन्दैन् । सडकको विचमा हिड्ने गाई गोरु भन्दा पनि महानगरको सुन्दरतामा कमि ल्याउने फुटपाते व्यापारी पो हो कि ?
काठमाण्डौँ महानगर भित्र थुप्रै गाईहरु पालिएको छ । ति गाईहरुलाई चरनको कुनै पनि ठाउ रहेको पाईदैन । त्यसको विकल्पमा सडकका फोहोर खानको लागि सडकमा छाडिने गरेको पाइन्छ । महानगरलाइ पनि लागेको होला गाई गोरुले सडक सफा गरिरहेको छ भने किन गाई माकिकलाई कारबाहि गरेर गाई गोरुलाइ माहानगरबाट हटाउनु ? सायद यहि हो कि त महानगरको लागि सहि विकल्प ?