शुक्रबारदेखि नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान भर्नेचार वर्षअघिसम्म नेपाल वायु सेवा निगमले काठमाडौं–दुबई उडान भर्ने गरेको थियो । त्यो सपना जस्तै भइसकेको थियो ।अब भने दुबइ जाने यात्रुले नेपाल वायु सेवाको जहाज चढ्न पाउने भएका छन् ।
काठमाडौं–दुबई उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय ५८ सिट क्षमताको ए–३२० एयरबसबाट हुने पहिलो दुबई उडानका लागि बुकिङ पूरा भइसकेको छ।
निगमको कार्यतालिका अनुसार एयरबस बिहीबार राति साढे ११ बजे काठमाडौंबाट उडेर बिहान सवा २ बजे दुबई अवतरण गर्नेछ । त्यो बिमान भोलिपल्ट बिहान १० बजे काठमाडौं आइपुग्नेछ । काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौँ–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर राउन्ड ट्रिपको ३२ हजार रुपैयाँ तोकेको प्रवक्ता शर्माले बताउनुभयो । निगमले अहिले दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।