खबर कर्नर,

महाअभियोगको समर्थन र लोकमानको विरुद्धमा मुख्य गरि ३ दलका विद्यार्थी लगायत अन्य दलका विद्यार्थीहरु पनि सडक आन्दोलन सुरु गरेका छन् । लामो समयसम्म चुपचाप रहेको विद्यार्थी संगठनहरु एकाएक लोक विरुद्ध सडकमा उत्रेका हुन् । सडकमा आजकाल विभिन्न दलको झण्डा बोकेर विद्यार्थीहरु सडकमा दखिन थालेका हुन् ।

नेपालको प्रमुख सवैंधानिक पद मध्ये एक अख्तियार प्रमुख जस्तो पदमा रहेर पनि कसैलाइ काखा र पाखा गरेको भन्दै नेकपा एमाले र माओबादीका सासंदहरु मिलि महाअभियोग प्रस्ताव व्यव्स्थापिका संसदमा दर्ज गराइ सकेपछि तिनका भातृसंगनको रुपमा रहेको विद्यार्थी सगठनहरु महाअभियोग पारित नहुनजेलसम्म भन्दै सडक सर्घषमा उक्रिएको हो ।

सबै विद्यार्थी नेताहरुको एउटै भनाइ रहेको छ कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रमुख आयुत्त कार्कीलाई महाअभियोगले पाखा नलगाइ हुदैन् उनको यो गलत प्रवृतिविरुद्धको लडाई हो भन्ने कुरा आन्दोरत विद्यार्थी नेताहरुले बताएका छन्

Please share us on:

तपाईको प्रतिक्रिया