खबर कर्नर

बुधबारको व्यवस्थापिका . ससदको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारीस समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएकोमा प्रस्तुत सतिमिलाइ बैठकले सर्वसम्मतीले पारित गरेको छ । नेपालको सविधान १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समितिले गठन गरिएको हो ।

 

समितिमा ११ सदस्य टोलि रहेको छ । उक्त समितिमा नेपाली काग्रेँसका ज्ञानेन्द्रबहादुर कार्की ,फर्मुल्ला मन्सुर दिपप्रसाद कूईकेल, कुमारी लक्ष्मी राई, यस्तै गरि नेकपा एमालेबाट केशव बडाल, रेवतीरमण भण्डारी,पार्वत गुरुङ। सुशिला नेपाल , र नेकपा माओबादी केन्द्रबाट रामनारायण विडारी, अमनलाल मोदी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट दिलनाथ गिरि रहेका छन् । उक्त समिति व्यवस्थापिका संसद मातहत रहने छ ।

 

अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिँह कार्कीले अदालतको अपहेला गर्न खोजेको भन्दौ मंगलबारको व्यवस्थापिका संसदको बैठकमा महाअभियोग लगाएर हटाउन माग गरिएको थियो भने बुधबारको व्यवस्थापिका संसदको बैठकमा समिति गठन गरेको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया