काठमाण्डौँ,कात्तिक ३
कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको सात महिना बितिसकेको छ । यसबीचमा तीनवटा केन्द्रीय समिति बैठक बसे पनि साउनयता बैठक बसेको छैन । नेता रामचन्द्र पौडेल पक्षको मागबमोजिम बिहीबारदेखि बैठक बस्न लागेको छ । बैठकमा संविधान संशोधन, स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को चुनावको अन्योलदेखि सरकारमा कांग्रेसका मन्त्रीको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै पौडेल पक्ष आक्रामक रूपमा प्रस्तुत हुने भएको छ ।
देशको राजनीतिमा प्रभावकारी पहलकदमी लिन नसकेको जस्ता विषयलाई यसपटक पौडेल पक्षले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना बैठकमा संविधान संशोधन, राज्यको पुनर्संरचना, अहिलेको परिस्थितिमा तीनवटा निर्वाचनलाई कसरी सम्भव बनाउने भन्नेमा छलफल हुने बताए ,( नयाँ पत्रिका दैनिकमा खबर छ )