राजधानीको दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलले बडा दशैं तथा दिपावलीको अवसर पार्दै मोबाइल खरीद गर्ने ग्राहकलाई “दशैंतिहार डबल अफर”उपहार योजना ल्याएको छ ।
अत्याधुनिक मल्टिब्राण्ड सोरुमबाट विभिन्न कम्पनीहरुका मोबाइल सेटको कारोबार गर्दै आएको एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकहरुमध्ये एक जनालाई प्रथम पुरस्कार स्वूप यामाहाको फसिनो स्कुटर, दोस्रो पुरस्कार सामसुङको ४० इञ्चको एलइडी टेलिभिजन र तेस्रो पुरस्कारमा हुवावेको पि९ स्मार्टफोन बितरण प्रदान गर्ने एप्पल वल्र्डका मेनेजर आरपी सिंहले जानकारी दिए ।

यसैगरि, सान्त्वना पुरस्कार स्वरुप नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीहरुका एक÷एक सेट बितरण गरिने मेनेजर सिंहले बताए ।

विभिन्न मोबाइल कम्पनीहरुले दिएका बिभिन्न अफर, स्क्र्याच, लक्की ड्र सँगै एप्पल वल्र्डले पनि आफ्ना ग्राहकहरुलाई थप अफर दिएर डबल अफर बनाएको सेल्स मेनेजर दिपिका थापा मगरले जानकारी दिइन ।

यसका अलावा एलजीको एल६०, एलबेलो, इन्टेक्सको स्टार २ लगायताका बिभिन्न कम्पनीका भिन्न मोबाइल सेटमा ५० प्रतिशत सम्म छुट गरेको र यो छुट योजना स्टक रहुन्जेल सम्म लागू हुने एप्पल वल्र्डले जनाएको छ ।
एक्सक्लुसिभ सोरुम मार्फत लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबार र मोबाइल एक्सचेन्जमा ख्याती कमाएको एप्पल वल्र्डले ६० मिनेट केयर सर्भिस पनि सँचालनमा ल्याएको छ ।
offer-bhitra-offer
दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको मल्टिब्राण्ड सोरुमबाट मोबाइलको अनलाइन कारोबार पनि गरिरहेकोले समय अभाव हुनेहरुलाई अनलाइन मार्फत फाइदा लिन समेत आग्रह गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया