असोज १७,
त्रिभुवन बिश्वबिद्यालय क्रीकेट मैदानमा भर्खरै सम्पन्न वाइवाइ इपिएलको फाइनल खेलमा पन्चकन्या तेजले कलर्स एक्स्-फ्याक्टरलाई हराउदै वाइवाइ इपिएलको उपाधी जितेको छ ।
निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७१ रन बनाएको पन्चकन्या तेजको लागी आरिफ सेखले अविजित १११ रन बनाएका थिए । १७२ रनको लक्ष्य पछ्याएको कलर्सले १७ ।३ वोभरमा सबै विकेट गुमाउदै १३१ रन मात्र बनाउन सफल भयो । कलर्सका लागी सबैभन्दा बढी ज्ञानेन्द्र मल्लले ४७ रन बनाएका थिए ।