काठमाण्डौँ,असोज १७
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी (बनेपा–बर्दिबास) राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक अध्ययन समितिको सिफारिसविपरीत समितिको सिफारिसविपरीत उक्त निर्णय गरेको हो । प्राविधिक अध्ययन समितिले उक्त राजमार्ग ठूला (३५) सिटे सवारीसाधन सञ्चालन गर्नका लागि प्राविधिक रूपमा योग्य रहेको सिफारिस बुझाएको थियो ।

सो राजमार्गमा यातायात सञ्चालन गरिरहेका व्यवसायीको दवाबमा परेर मन्त्रालयले ठूला सवारीसाधन सञ्चालन गर्ने निर्णयबाट पछि हटेको प्राविधिक अध्ययन समितिका एक सदस्यले जानकारी दिए । समितिले ७ असोजमा मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । तर, मन्त्रालय १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्न दिने निष्कर्षमा पुगेको हो ।

प्राविधिक अध्ययन समितिका एक सदस्यका अनुसार समितिले पाएको करिब दुई महिनाको अवधिमा जापानले निर्माण गरेको उक्त सडकको सबै पक्षको अध्ययन गरिएको छ । ‘ड्रइङ, डिजाइनलगायत सबै पक्षको अध्ययन गरेर नै ठूलो सवारीसाधन पनि सञ्चालन गर्न सकिने निष्कर्षमा समिति पुगेको हो,’ उनले भने ।

यसका साथै चाडपर्वको समयमा पृथ्वी राजमार्गमा ट्राफिक उच्च हुने हुँदा त्यसलाई ‘डाइभर्ट’ गर्न पनि सहज हुने देखेर नै ठूला सवारीसाधनलाई पनि सञ्चालन गर्न सिफारिस गरिएको हो । तर, अहिले कार्यान्वयन गर्ने वेलामा मन्त्रालयले फरक निर्णय गरेपछि समितिका सदस्यले आफैँसँग भएको प्रतिवेदनसमेत सार्वजनिक गर्न इन्कार गरेका छन् ।( आजको नयाँ पत्रिका दैनिकमा खबर छ )

Please share us on:

तपाईको प्रतिक्रिया