खबर कर्नर, आश्नि १६
भारत र चिनको लागि नेपाली राजदुत नियुक्तिको विषयलाइ लिएर लामो समयसम्म विवाद देखिएको थियो । त्यो विवादलाइ आज संसदीय सुनुवाइ समितीले अन्त्य गरिदिएको छ । चिनका लागि नेपाली राजदुत लिलामणि पौड्यल र भारतको लागि नेपाली राजदुत दिप कुमार उपाध्यलाइ सिफारिस गरेको हो । लिलामणि पौडे्यलको विषयमा विवाद नरहे पनि दिप कुमार उपाध्यालाइ एमाले लगायत साना दलहरुले विवाद गरेका थिए ।
तर यसमा एमाले लगायत राप्रपा नेपाल र अन्य साना दलको हार भएको छ । दिपकुमार उपाध्यलाइ संसदको विशेष सुनुवाइ समितिले उनको नाम बहुमतको आधारमा पारित गरेको हो । अघिल्लो पटक एमाले अध्यक्ष केपि लोलीको नेतृत्वको सरकारले नाकाबन्दी पश्रय दिएको र सरकार गिराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै अघिल्लो सरकारले फिर्ता बोलाएको थियो ।
तर पछिल्लो सरकारले दिप कुमार उपाध्यालाइ पुन राजदुत सिफारिस गरेपछि एमालेले विरोध जनाएको थियो । तर आइतबार विहान बसेको संसदीय समितिले २ जनाको नाम पारित गरेको हो । यि नाम अनुमोदन पारित भइसकेपछि अब दिप कुमार उपाध्याय र लिलामणि पौड्यल राजदुत नियुक्तिको बाटो खुलेको हो । अब यि ना राष्ट्रपति समक्ष पेश गर्ने चलन रहेको छ । राष्ट्रपतिले यो नाम पारित गरे पछि भारत र चिनका लागि खालि भएको राजदुतको पुर्णाता पाउनेछ ।