खबर कर्नर,काठमाण्डौ १३

नेपालको सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले चाडबाडलाई लक्षित गरि डेटा तथा भ्वाइस सेवामा छुटको अफर ल्याएको छ । टेलिकम भ्वाइस कल , डेटा, नाइट डेटा अफर एसएमएस लगायत धेरै सेवामा छुटको अफर ल्याएको हो ।

१. डेटा अफर
जिएसएम र सिडिएमका प्रिपेड तथा पोष्टपेट ग्राहकलाई दशैँ,तिहार र छटको विशेष अवसरमा टेलिकमले असोज १५ देखि २९ गतेसम्म र कत्तिक १२ देखि २१ सम्म एक सय एमविको जम्मा ५० रुपैयाँ र २५० एमविको डेटा रु एक सयमा उपलब्ध गराएको टेलिकमले जनाएको छ । १०० एमविको डेटा ५ दिन र २५० एमविको डेटा १० दिन चल्नेछ । यो सँगै निश्चित अवधिको डेटा प्रयोगकर्ताले क्रमश १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस तस्तै २५ वटा भ्वाइस कल । २५ वटा एसएमएस को सुविधा पनि लिन सक्नेछन् ।

२. नाइट डेटा अफर
राती १० बजेदखि विहान ६ बजेसम्म ४० रुपँयामा ५ सय एमवि र ८५ रुपँयामा १२ सय एमवि डेटा क्रमश ७ दिनर १५ दिन सम्म हुने छ । जिएसएम तथा सिडिएमए दुबै सेवा लिने ग्राहकहरुले यो सुविधा असोज १५ देखि ३ महिनासम्म प्रयोग गर्न पाउनेछन् ।

३. भ्वाइस कलमा छुट
जिएमएस र सिढिएमए प्रयोगकर्ता दुबै ग्राहक एउटै नेटवर्कभित्र कल गर्दा १० प्रतिशत सम्म महशुल कम लाग्ने छ ।
४. एसएमएस सेवामा पनि छुट
हाल जिएसएम र सिडिएमए ग्राहकहरुले पर एसएमसएस १ रुपाया तिर्दै आएका थिए । अब यो सेवामा पनि असोज २२ देखि २९ र कात्तिक १४ देखि २१ गतेसम्म रु ५० पैसामा एउटा एसएमएस गर्न सकिने नेपालटेलिकमले जनाएको छ ।

५. अझै अन्यमा पनि सुविधा
टेलिकमले स्थानिय कलमा थप एक सय कल निसुल्क र कम्पनीबाट वितरण गरिएको स्थानिय टेलिफोन सेवामा दुइसय रुपैयाँमा एक सय ७५ कलनिशुल्क गराइ आएकोमा असोजदेखि सोहि मुल्यमा एकसय लोकल कल उपलब्ध गराएने भएको छ । वाइम्याक्स तथा फाइबरको निश्चि समय सकिएको भए दशैँ तिहार छठ जस्ता पर्वका लागि समय थप गरिएको छ ।
जिएमएस प्रिपेड र सिडिएमए प्रिपेड प्रयोगकर्ताहरुलाइ एमपिओस प्रणलीबाट १०० रुपैया वा सो भन्दा माथिको दरको रिचार्जमा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराएको नेपाल टेलिकमले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया