खबर कर्नर, असोज,१३
असोज ११ गते धादिङकमा भएको बस दुर्घटनामा घाईते भएकाहरुको उपचारमा अस्पतालले खासै चासो दिएको छैन् । हिजो घाइते भएर आउएका । विरामीको अहिलसम्म उतैबाट लगाएर आएको पटि समेत खोलेको छैन् । घाईते भएका ११ जना मध्ये अझै केहि घाईतेहरुको अवस्था चिन्ताजनक रुपमा रहेको छ हस्पिटलमा पाइला राख्ने ठाउ छैन् घाइैतेहरुलाइ गहनाउने कोठामा राखेको पाइन्छ । घाइतेका अवस्था कस्तो कसैलाई पनि थाहा छैन्
टिचिङ हस्पिटलको दर्दनाक दृश्य हेरिसक्ने अवस्थाम छैन् । रुवाबासी चलेको छ । डाक्टर कता छन् कसैलाइ थाहा छैन् । घाइतेहरु वेडमा चिच्याइरहेका छन् । सरकार पनि यो विषयमा मुख दर्शक बनेको भान हुन्छ । कस्तो छ अबस्था भनेर हस्पिटल पुग्दा अधिकांसको एउटै गुनासो थियो उपचार राम्रो भएन ।
व्यवस्थापिका संसद राज्य व्यवस्था सतितिले पनि धादिङमा भएको बस दुर्घटनाको छानविन आयोग बनाएको छ । उक्त छानविन आयोग सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापन सम्वन्धी उपसमिति बनाएको छ त्यसमा व्यवस्थापिका संसदहरु गंगालाल तुलाधर, अर्जुन प्रसाद जोसि,रविन्द्र प्रताप शाह, लाल ब रावत, विक्रम ब थापा रहेका छन् । उनीहरुल आज गृह मन्त्री विमलेन्द्र निधिसँग भेटि घटनाबारे अवगत गराएका थिए ।
उनीहरुले घाइतेहरुका लागि निशुल्क उपचार र मृर्तकको परिवारलाइ क्षतिपुर्ती दिन पनि अनुरोध गरेको छन् । साथै घाइतेहहरुको उपचारमा गरेको लापारबाहिको विषयमा पनि कुरा उठाइइको थियो । जवाफमा गृहमन्त्री निधिले सकारात्मक जवाफ दिएका छन् ।