असोज १२,
भारतमा जारी ६४ औं बोर्डोलोइ ट्रफीमा थ्रीस्टार क्लबले सिक्किम युनाईटेडलाई ४-१ गोल अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबले यो सुखद नतिजा निकालेको हो । पहिलो हाफ गोल रहित बराबरिमा सकिए पनि निकै राम्रो खेल खेल्दै थ्रीस्टारको लागी मार्टिनले ६६ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएमा थिए । तर सिक्किम युनाईटेडका लागी लेप्चानले ८९ औं मिनटमा गोल फर्काउदै थ्रीस्टारलाई निराष बनाएको थियो । निर्धारित ९० मिनटको खेल १-१ गोलको बराबरिमा सकिए पछी थपिएको ३० मिनटको अतिरिक्त समयमा मार्टिनले अर्को गोल थप्दै २-१ ले अग्रता दिलाए । त्यसपछी बिजय धिमालले १०० औं र बिजय गुरुङले ११५ औं मिनटमा गोल गर्दै थ्रीस्टारको फाइनल यात्रा सुनिस्चित गरेका थिए ।
अब थ्रीस्टारले फाइनल खेल पर्सी ३० सेप्टेम्बर (१४ असोज)मा खेल्नेछ ।