खबर कर्नर, काठमाण्डौ
आइतबार भएको सहमतिलाइ कार्यन्वयनमा लाने गरि मगंलबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले पहिला रहेको इलाकालाई नै आधार मानेर स्थानिय तहको पुर्नसंरचना गर्ने निर्णय भएको हो । मन्त्रीपरिषदको निर्णअनुसार सरकारले स्थानी तह पुर्नसंरचना आयोगलाइ थप अधिकार दिएको हो ।
मन्त्रीपरिषदको निर्णयको जानकारी दिदैँ भौतिक तथा पुर्वाधार तथा यातायता मन्त्री रमेश लेखकले बैठकले पुराना इलाकालाई आधार मानेर स्थानीर्य तहको पुर्नसंरचना गर्न आयोगलाइ अधिकार दिने निर्णय गरेको छ । मन्त्री लेखकका अनुसार पुराना इलाका नगरपालिकामा गाभिएका भए त्यस्ता इलाकामा थप गाविस समेर नगरपालिकामा राख्ने निर्णय भएको जानकारी दिए । स्थानिय आवश्यकता र अनुकुलतामा आयोगले अध्यन गरेर अझ बढी निर्णय लिन सक्ने जानकारी पनि दिनु भयो ।
पुर्वगृहमन्त्री दुर्घटनाको छानविनका लागि आयोग गठन
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पुर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटना र धादिङमा भएको बस दुर्घटनाबारे छानविन गर्न आयोग गठन गरेको छ । पुर्व प्रहरी महानिरिक्षक कुवेर रानाको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । टोलीले दुर्घटनाको बारेमा अध्यन गरि सरकारलाइ प्रतिवेदन बुझाउन पर्ने छ ।