काठमाडौँ,

नेपाल राष्ट्र बैँकले गरिबको लागि पनि सेयरको व्यवस्था गर्न लागेको छ । गरिब तथा विपन्न परिवारहरुलाई लगानीको वातावरण बुझन र सारधरण शेयर खरिदको लागि सहयोग को व्यवस्था गर्न लागेको हो ।

शेयरको लागि ऋण उपलब्ध गराउन बैँक तथा वित्तिय संस्थाहरुको रकम विपन्न क्षेत्रमा कर्जा स्वरुप राख्न पाउने व्यवस्था मिलाएको छ ।

कुल ऋणको २ प्रतिशत प्रत्यक्ष रुपमा आफैले लगानी गर्नु पर्ने राष्ट्रबैँक नितिपछि वित्तिय संस्थाहरुलाई असहज भएको थियो । शेयर किन्न दिने ऋण पनि विपन्न वर्गमा समेटिने भएपछि वित्तिय संस्थाहरुलाई राहतको अनुभव भएको छ ।

राष्ट्र बैक उच्च व्यवस्थापनबाट सार्वजनिक रुपमा नै विपन्न कर्जाको लागि व्यवस्था गरिएपछि विपन्न कर्जाको दायरालाई फराकिलो बनाउने योजना सकारात्क रहेको बताइन्छ

Please share us on:

तपाईको प्रतिक्रिया