काठमाण्डौ, भदौ १९
नेपालको व्यस्त चोक मध्येको एक चोक कंलकी चोक अहिले अति नै दयानिय अवस्थामा पुगेको छ । जेब्रा क्रसिङ पनि छैन् ट्राफिक लाइट पनि छैन् भएको आकाशे पुल पनि भत्काइएको छ । मानिस र सवारी साधनको भिड लाग्ने यस चोकबाट नैपालको लगभग ६८ वटा जिल्लाबाभट भित्रिने र बाहिरिने गर्छन् । सवारी साधानको र पैदल यात्रीको भिडलाइ उचित व्यवस्थापन गर्न नसक्दा सवारी साधनको लामो जाममा लाग्ने गरेको छ ।

साथै पैदल यात्रीलाइ पनि असजिलो भएको छ । केहि वर्ष अगाडी कराडौँ खर्चेर बनाएको आकाशे पुल भत्काएर सडक निर्माणको कार्य सुरु हुदै छ । केहि वर्ष अघि बनेको उत्त आकाशे पुल उतिबेला नै नबनाउन आग्रह गरिएको थियो । चिन सरकारको सहयोगमा अहिले निर्माण भइरहेको चक्रपथ अन्र्तगत सर्भे चलिरहेको थियो । यस कारणले त्यहा आकाशे पुल बनाए पनि भत्काउन पर्ने हुनाले नबनाउन आग्रह गरिएको थियो । तर नेपाल सरकारबाट ठेक्का पट्टाको काम सबै भइसकेको निकश्र्क निकाल्दै ठेकेदार कम्पनीले भत्कने भन्ने थाहा हुदा हुदै पनि निर्माण गरिएको थियो । हाल उत्त आकाशे पुल भत्काइएको छ भने त्यस आकाशे पुलको बारे ठुलै लेनदेन चलेको सुत्रहरु बताउछन्

। आकाशे पुल भत्किसकेपछि पैदल यात्रीहरु सडकबाट नै बाटो काट्न बाध्य हुन परेको छ । प्रहरीलाइ ट्राफिक व्यवस्था मिलाउन पनि हम्मे हम्मे पर्छ । चारै दिशामा बराबर सवारी साधनको चाप हुन्छ भने पैदल यात्रुको चाप पनि उतिकै हुने गर्छ । यस्तै अस्था रहिरहे चाडबाड बाहेक अन्य समय पनि दुर्घटना हुन सक्ने सम्भावना रहेको एक जना ट्राफिक प्रहरीले बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया