यो पत्र हामीलाई जस्तो आयो त्यस्तै प्रकाशित गरेको छौ । यसमा हामीले केहि तलमाथि गरेका छैनौँ 

एपि,

इतिहासमा गरेको गल्तीको सजय आज पनि भोग्दै छु । अच्छा खासा जिन्दगी थियो मेरो । गाऊबाट ०६३ सालतिर एसएलसी ७८ प्रतिशत ल्याएर पास गर्दा पुरा गाऊ खुशिले रमेको थिए । सबैले साइन्स पढ भने तर म भने दुविधामा थिए । गाउभरी सोझि र इमान्दार भनेर चर्चा कमाएकी मईले शहर गएपछि पनि यहि चर्चा कायम गर्न सकिन्छ कि सकिदैन भनेर अन्तर आत्मा जलेको हुन्थ्यो । जवानीले भर्खर फुल्न थालेको मलाई देखेर आमाले सधै भन्ने गर्नु हुन्थ्यो छोरी शहर पापीहरुको शहर भन्छन् समालेर बस्नु । एक चोटि दाग लागेपछि मेटिन गाह्रो हुन्छ । तर आमाले मलाई किन सम्झाइरहन पर्छ र म पनि बुझने नै छु मलाई कसरी सुरक्षित हुनुपर्छ भन्ने राम्रोसँग थाहा छ भन्थे ।

म शहर जाने भए मेरो एसएलसीको प्रतिशत देखेर राजधानीको कुनै एक कलेजले मेरो सम्पुर्ण पढाइ निशुल्क बनाइदियो । म खुशिले गदगद् थिए बाबाको पैसा जोगिएने भयो । काठमाडौँ बस्नको लागि कुनै टाइम पढाउछु अनि भइहाल्छ नि । ११ र १२ को पढाइ सोचे जस्तै सफल भयो ७५ प्रतिशत घटेन । यस प्रतिशतले ब्याचलरलाई पनि सजिलो भयो । अध्ययन पनि राम्रो भएको कारण राम्रो ठाउमा जागिर पनि मिल्यो मलाई पढाईरहन परेन् । अब पढाईसँगै पैसा पनि कमाउन थाले । परिवारलाई पनि सघाउन थाले तर परिवारमा छोरीको कमाइ खान हुन्न भन्नेमान्यता भएकोले घरमा मेरो पैसा लिएनन बरु मेरो नाममा जम्मा गरेर राखिदिनु भयो ।

जिन्दगी राम्रोसँग चलिरहेको थियो जवानीले पुरै भरिएको म पोख्ने ठाउको पनि खोजी गरिहेको थिए । तर सहि तबरबाट । ११ पढ्दा देखि नै भित्रिरुपमा मेरो एक जना आफुलाई असल लाग्ने मान्छेसँग प्रेम गरेको थिए । केटा यति भद्र थिए कि मईले सोचेको भन्दा पनि बढि इमान्दार थिए । पहिला त उनले मात्र मन पराउथेँ लामो समय मेरो पछि लागेपछि उनको इमान्दारीतालाई मईले पनि प्रेम गर्न थाले ।

यो कुरा परिवारलाई भने । बाबाले उनको परिवा बारे जानकारी राख्नु भएको रहेछ । उनको घर पनि एकै जिल्ला भएका कारण पनि बाबालाई उनको बारे बुझन सहज भएको थियो । दुबै परिवारको सहमतिमा हाम्रो बिहे भयो । जागिर पनि थियो पढाई पनि राम्रोसँग मास्टर सकियो । २ वटा छोरा भयो बिहे भएको ५ वर्षको समयमा । उहाँले छोरीको आस गर्नु भएको थियो तर २ वटा छोरा भएपछि पुग्छ भनेर परिवार नियोजन गरियो । परिवार नियोजन चाहि मइले गरे । उहाँ पनि एक सरकारी जागिरे हुनुहुन्थ्यो । जिन्दगी यति खुशी थियो जुन कमै मानिसहरुलाई मात्र मिल्थ्यो । जिन्दगी सोच्थे म जस्तो खुशि अरु कोहि छैन् । यसको भरोसा भनेको मेरो श्रीमान् नै थिए । मलाई यति माया गर्नु हुन्थ्यो कि मईले नखाई उहाँले खान पनि खानु हुन्न थ्यो ।

त्यस्तै पुसको महिना थियो होला अफिसबाट एक हप्ताको लागि काठमाडौँ बाहिर टुर लाने भयो । बिहे भएको ५ वर्षसम्म नछुटेका हामी श्रीमान् श्रीमती पहिलो चोटि छुटिन लागेको थियौँ । उहाँले नगए पनि हुन्छ भन्नु भएको थियो तर म काठमाडौँ र माइती जिल्ला बाहेक अन्त नगएकोले जान्छु भनेर कर गरे । उहाँले सहमति दिनु भयो । पुस मध्यतिर हामीले काठमाडौ छोड्यौँ । एक हप्ताको लागि थियो । पहिलो दिन त्यसै यात्रामा नै बित्यो । दोस्रो दिन हामी घुम्नको लागि निस्केको थियौँ । म चाडै नै साथीहरुसँग घुलमिल भइहालछु यो मेरो कमजोरी हुनसक्छ । त्यो दिन पनि त्यस्तै भयो । हाम्रो यात्रामा एक जना नयाँ स्टाफ रहेछन् । उनको डिपार्ट मेरो डिपार्ट फरक परेकोले त्यति धेरै परिचय हुन पाएको थिएन् । हाम्रो परिचय त्यहि भयो । त्यो परिचयले हामीलाई यति जजिक बनायो कि एक अर्काको कुरा सबै बताउन भ्याइसकेको रहेछौ जम्मा ३ दिनमा । घरबाट श्रीमान्को फोन आउदा लाग्थ्यो उनी पनि सँगै भएको भए तर केबल फोनमा मात्र । भन्थे हजुरको कमी छ र २ वटा छोराहरुको याद आइरहको छ । हामी दैनिक ५ चोटि फोनमा कुरा गथ्र्यौ ।

घरबाट निस्केको नि ५ दिन भइसकेको रहेछ । आज हाम्रो अन्तिम दिन घुम्ने र रमाउने । भोली त घर पुगिन्छ । आज नयाँ स्टाफसँग दिन भरी घुमे । पत्तै नपाई म उनको नजिक पुगी सके छु । त्यो रात उनले सँगै सुत्ने प्रस्ताव राखे । कारण थियो हामी असाध्यै नजिक भइसकेको थियौँ । उनले साथीको हिसाबले भने । पहिला त मइले उनको प्रस्ता अस्विकार गरे पछि के भयो पत्तै पाइन । त्यो रात उनीसँगै बिताए । भोलीपल्ट बिहान कसैसँग पनि बोल्न मन लागेन । हारेको सैनिक झै म घर फर्कने बसमा बसे । सधै उज्यालो लाग्ने संसार एकाएक अन्धकार लागेर आयो । मईले त्यति धेरै माया गर्ने श्रीमान भुले २ छोराहरु भुले बाबा आमाको इमान्दार छोरीको पगरीलाई मिथ्या खेर फाले । यो कुरा म र नयाँ स्टाफबिच मात्र थियो । सोचे कसैसंग कसरी यति छिटै यसरी फसिन्छ ।

तर घरमा आउदा उज्यालो मुख लगाउन नै प¥यो । म घरमा पहिलेको जस्तै नर्मल भए । श्रीमानलाई यसको कुनै शंका नै भएन । समय बित्दै गयो । मेरो गल्तीलाई पनि लुकाउदै गए । बिहे गरेको १० औ वर्षसम्म पनि केहि भएन । लाग्यो जिन्दगी फेरी पनि खुशिको पलहरु आउनेछ । तर त्यस्तो भएन श्रीमानले १० वर्षमा हाम्रो कहानी थाहा पाए । त्यो नयाँ स्टाफले मइले जागिर गरेको ठाउमा ५ महिना जागिर गरेर सरकारी जागिर खान गएको थिए। श्रीमान र उनको पोष्ट एउटै र एकै ठाउमा भएको हुदा एक दिन कुरै कुराको शिलशिलमा त्यो घटनाको बारे कुरा भएछ । घरमा आएर श्रीमानले सबै सोधे । मइले अब पुरानो भइसक्यो भनेर सबै कुरा भनिदिए । त्यो भनेको ५ मिनेट भित्रै मेरो जिवनमा कालो बादल लाग्यो मलाई तत्कालै घरबाट निकालीदिए ।

अफिस पनि लाजले जान सकिन । जागिर पनि छोडे । घरबाट निकालेपछि जाने ठाउ पनि भएन । माइतीले पनि सबै कुरा थाहा पाएर हाम्रो लागि त मरिसकिस भने । अब जाने ठाउ पनि भएन् । जस्ले मलाई बिगा¥यो उ पनि कहाँ छ थाहा छैन् । अब मेरो खुशीमाथि डढेलो लाग्यो ।

त्यो मेरै गल्ती थियो । मइले गरेको गल्तिको सजय मइले नै भोगिरहेको छु । तर यो सजय उहाँले पनि भोगीरहनु भएको छ । मलाई घरबाट निकाले पछि ३ वर्षसम्म टोलाएर मात्र बस्नु भयो रे पछि अर्धचेत भएर ढलेको अहिले ५ वर्ष हुदा पनि उठ्ेका छैनन् रे । मर्न पनि सकेको छैन म पनि बाच्न पनि गाह्रो छ । अलि अलि गालामा रगत रहुन्जेल दिनमा ५ ७ सय कमाउछु । आजकाल सोच्छु एक छिन राम्रोसँग समालिन नसक्दा मेरो जिन्दगी नर्कमा गयो । छोराहरुले पनि वेश्या भन्छन् रे । त्यसकारण आफ्नो श्रीमान भन्दा नजिक कोहि हुदैन् ।

एउटा विबाहिता नारीमा कोहि पुरुष साथी बनेर आउछ भने त्यसमा पक्कै केहि राज लुकेको हुनु पर्छ यसप्रति महिला दिदिबहिनीलाई सचेत रहन आग्रह गर्दछु ।

Please share us on:

तपाईको प्रतिक्रिया