काठमाण्डौ, मंसिर ३
एकाएक नाकाबन्दी जस्तै गरि भारतीय सरकारले गरेको हजार पाँच सय दरको नोट प्रतिबन्दले भारतसहित नेपाल र भुटानमा चर्को समस्य परेको छ । झण्डै एक तिहाइ मानिसहरु नेपालबाट भारत मजदुरीको लागि जाने र त्यहाबाट भारती नोट नेपाल ल्याएर आफनो जिविका चलाउदै आएका नेपालीहरुलाई एक्कासी नोट प्रतिबन्दले दैनिक जिवनमा नै असजिलो स्थिति सृजना गरिदिएको छ ।
नेपालमा रहेको भारतीय हजार पाँच सय दरका नोटहरु कसरी व्यवस्थापन गर्ने भन्ने द्धिविधा रहेको छ । नेपालमा कति हजार र पाँच सय दरको नाट कति छ भन्ने नेपाल सरकारसँग यकिन तथ्याड्ढ छैन् । भारतले पनि नेपालमा भएको भारु साट्न आनाकानी गरिरहेको छ । यस्को मतलब भारतमो केहि रकम प्रतिबन्द गर्दा छिमेकी देशहरुमा कति प्रभाव पर्छ भनेर पनि भारतले हेरिरहेको छ । यस्ले नेपाल भारतप्रति कति आत्मनिर्भर रहेछ भन्ने कुराको पनि यकिन हुदै गईरहेको छ ।
पछिल्लो समय नेपालमा रहेको भारु साट्न भारतले सकारात्मक कुरा गरे पनि राजनैतिक तहमा छलफल गरेर मात्रै टुङगो पुगिने भारती केन्द्रिय रिजर्व बैँकले जनाएको नेपाल राष्ट्र बैँकले जनाएको छ । नेपाल राष्ट्र बैकले भारतीय बैँकलाई बारम्बार फोन गरेर नेपालीलाई परेको समस्यबारे अवगत गराएको जनाकारी दिएका छन् । तर भारतले सकारात्मक जवाफ मात्र दिने गरेको र ठोस निर्णय नदिएको बताएको छ । यहि सकारात्मक जवाफलाई आधार मानेर नेपालमा गर्भनरको संयाजकत्वमा कार्यदल बनाएर अघि बढ्ने जानकारी राष्टबैँकले दिएको हो । उसो त लेखा समितिले पनि भारुबात निम्तिएको समस्य समाधान गर्न आदेश दिएको छ ।
विशेष गरेर सिमार्वती नेपाली क्षेत्रमा भारुकोकारण दैनिक गुजारा चलाउनदेखि सबै क्रियाकलापमा अवरोध हुदै आईरहेका छन् ।उसो त भारु साट्न नेपाल राष्ट्र बैँक धाउनेको पनि कमि छैन् । आफुसँग भएको भारु साट्न पनि यस्तो गाह्रो हुदोरहेछ पैसा भएर पनि भोकै बस्न पर्ने दिन आउन लाग्यो नेपागञ्जक पिडितहरु बताउछन् । न सरकारले निर्णय गर्छ न जाने ठाउ कहि छ ।