खबर कर्नर,

नेपालमा सविधान जारी भएर नया सरकार बन्दा नेपालका मधेशबादी दलहरु सविधानको विरोधमा थिए । तत्काहिालन नया सरकारको नेतृत्व नेकपा एमालेले गरेको थियो । सविधानकै विषयवस्तुलाइ मुख्य असहमति देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी पनि गरेको थियो । अन्य पार्टीभन्दा अलि बढी एकता देखिको नेकपा एमालेभित्र सरकार सन्चालनको विषय र नियुत्तिलाई लिएर लामो विवाद भयो र पार्टि आन्तरिक गुटमा चुर्लुम्म डुब्यो । यस्को फाइदा लियो विपक्षीहरुले ।

सरकार गठनमा आफनो छविलाइ विजय गच्छादारको पार्टी जस्तै बनाएको एमालेलेलाइ अहिले सरकार बाहिर बस्नुको पिडा बेग्लै छ सरकारबाट माओबादीले हात झिक्दाको पिडा अर्कै । देशमा राष्ट्रियताको भावनाको विकाश गरे पनि पार्टीमा सन्चालनमा सफल हुन नसकेको आरोप लाग्दै आएको नेकपा एमालेको अध्यक्ष केपि शर्मालोलीलाई सरकार बहिरर्गमनले आन्तरिक चोट पुगेका पक्कै होला । नेकपा एमाले भित्र अहिले गुटबादले राम्रो डेरा जमाएको छ ।

अन्य पार्टी भन्दा तुलानात्मक सफल देखिए पनि एमाले खोत्रो हुदै गएको भान सरकरकारमा रहदा भएको थियो । तर अहिले गुटलाइ केहि पछि हटाएर पार्टीलाई चुनावी तयारी थाल्न निर्देशन ेकदिएको । लामो नाकाबन्दी र मधेशबादी दलको विरोधका कारण एमालेको तरांई मधेशमा सुन्य प्राय देखिएको थियो । अझ भनौ भने लामो समय तराई मधेशमा एमाले छ कि छैन भन्ने कुराको खाजी हुन थालेको थियो । एमालेको सर्मथक पनि पार्टीलाइ गाली गर्दै विपक्षीको आन्दोलनमा जान बाध्य हुन परेको थियो । हुने खाने र राजधानी बस्ने नेता कार्यकता सुरक्षित थिए भने जो तराई मधेश नै कर्मथलो बनाएर तल्लो स्तरका नेता कार्यकताहरुको भने अवस्था विर्सन लाईक थियो । ज्यान जोगाउनको लागि पनि कतिपय ठाउमा आन्दोलनमा सहभागी हुन पर्ने थियो । लामो समय तराई मधेशसँग सम्पर्क टुटाएर बल्ल सम्पर्क जोड्न खोजिएको छ । यति हुदा पनि एमालेले सरकारमा हुदा लिएको अडान र सहि कामको मुल्याकँन एमालेलाई माया गर्ने कार्यकर्ताले गरेका रहेछन् । तराई मधेशका जनताले एमालेलाई कति माया गर्छन भन्ने कुराले जनकपुरमा गरेको कार्यक्रमले देखाएदिएको छ । एमालेलाई तराई मधेशको जनसागरले फेरि पनि एक चोटि साथ दिन खोजेको छ ।

नेताहरुमा हौसला थपिएको छ । यहि हौसलाको कारणले पनि सहि तरिकाले सविधान संसोधन गर्न एमाले तयार छ भनिरहेको छ । कारण तराई मधेशमा एमालेले आफनो अस्तित्व गुमाउन चाहदैन् । तराई मधेशका जनताको अनेकौँ गुनासाका बाबजुद पनि एमालेलाई जनताले माया गर्न छाडेका छैन्न । मानव सागर देखेर हौस्सिएर मात्रै पनि हुदैन एमालेले तराई मधेशको जनताको लागि मात्तै होईन नेपाल भरको जनताको लागि गर्न धेरै काम बाकी छ ।

सहजतामा मात्रै होइन् अफठ्यारो समयमा पनि जनता र पार्टी कार्यकताको साथ दिनु जरुरी छ । जनताको घरमा चुनाव लाग्दा मात्तै मात्र होइन हर समय जनताको साथमा हुन जरुरी छ । नत्र भने एमालेको उठेको साक पनि गिर्ने निश्चित प्राय छ । यसलाइ एमाले नेतृत्वले पनि बुझेको हुन पर्छ तराई मधेश मात्र होईन अब पहाड र हिमालमा पनि जनताको साथ खोज्नु पर्ने छ ।

यदि दिगो समयको लागि राजनिति गर्ने हो भने एमालेले चुवालाइ लक्षित कार्यक्रमहरु मात्र होइन जनताको लागि फाइदा हुने जुनसुकै कार्यक्रम गर्न जरुरी रहेको छ । जनताको लागि गरिने विकाशे कामदेखि लिएर अन्य कामको नतिजा जनताले चुनावमा देखाइदिने छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया