खबर कर्नर
वैदेशिक रोजगारीको कमाई विलाशीका समान खरिद गर्दैमा सकिने गरेको एक अध्यनले देखाएको छ । देशको अर्थततन्त्र रेमिट्यान्सले धानेको भनेर भनिरहे पनि रेमिट्यान्सको राष्ट्र चलायमान बनाउनको लागि खासै भुमिका देखिएको छैन् । ३ वर्ष खाडि बस्दा लगभग १५ लाख कमाउनेले उत्पादमा लागानी शुन्य गरेको पाइन्छ । घर घडेर, मोटरसाइकल, मोबाइल , गरगहना तथा अन्य सामनको खरिदमा कमाएको पैसा लगाउदा अर्थतन्त्रमा खासै योगदान पुग्न नसकेको देखिएको हो । अझ विदेशी रक्सीको लतमा फसेका नेपालीलाई मोजमस्तीबाट बाहिर ल्याउनको लागि धेरै मिहिनेत गर्ज पर्ने छ । थोरैले मानिसहरुले मात्र जिन्दगीको बारेमा सोचेर लगानी गर्छन होइन भने नेपालीको बानी उहि मोजमस्ती लाग्ने हुनाले पनि वर्षौभरि खाडिमा गरेका दुखलाइ भुलेर मोजमस्ती लाग्छन् ।
विदेशमा नेपालीले कमाएको पैसालाइ सरकारले कसरी उपभोग गर्न सकिन्छ भनेर निति र निकाय नबनाउदा नेपाली नागरिकहरुले दुख पाइरहेका छन् । सरकारको निति नै त्यहिअनुसारको बनेको छ । नेपालका बैँकहरुले पनि विदेश जानेहरुलाई मात्र लगानी गरेको छ । वैदेशिक रोजगारमा जानेहरुले बैँकबाट सहजै ऋण पाउछन् तर नेपालमा नै लगानी गर्नको लागि बैँकले ऋण दिन मान्दैन् ।
अनि ऋण काढेर खाडि गयो केहि समय ऋण तिर्न नै लाग्छ । बाकी कमाएको पैसाले आफु र परिवारलाइ रमाउनको लागि नै ठिक्क हुुन्छ । अनि खै लगानी खै लगानी गर्ने वातावरण । सरकार सधै किन जनता लुट्ने नियम मात्र बनाउदै बसेको छ । खाडिमा रहेको नेपालीलाइ पनि विश्वासमा लिन सकेको छैन् । सधैँ रेमिट्यान्सको हिसाव गरेर बसेको छ । उनीहरुको भविष्य प्रति खासै उत्तरदायि भएको देखिएको छैन् । सरकारले सहि काम गरेर खाडिको ६ वटा देशमा रहेको नेपालीलाई मात्तै विश्वासमा लिएर उनीहरुको भविष्यलाई सोचिदिने हो नेपालको कुनै पनि विकाश आयोजनाहरुलाइ पैसाको लागि विदेशीको पाउ मोल्न पर्ने थिएन् ।