खबर कर्नर, असोज १७

नेपाल प्रहरीले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा योजना तय गरेको छ । हिन्दूहरुको महान चाड दशैं र तिहार र छटमा आपराधिक तथा लुटपाटमा घटना बढ्न सक्ने भएकाले प्रहरीले सुरक्षा सतर्कता अपनाउँदै नयाँ योजना अघि सारेको छ ।

चाडवाडको मौसममा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले तीन तहको बिशेष सुरक्षा योजना बनाएको छ । दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालित छ ।

काठमाडौं प्रहरीले चाडवाडको समयमा काठमाडौं छाड्ने मानिसहरुलाई सुरक्षाको चिन्ता हुने भएकाले काठमाडौं जिल्लामा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।

Please share us on:

तपाईको प्रतिक्रिया