२५ औ खेल खेलिसकेपछि वार्षिलोना सिर्ष स्थानमा उक्लिएको छ । सिर्ष स्थानमा उक्लिएसँगै वार्सिलोनाका प्रशिक्षक लुइस एनरिकले क्लब छाड्ने बताउका छन् । क्लब छाडेर अन्त कुनै पनि क्लबमा नजाने पनि बताएका छन् । उनले केहि समय फुटबलबाट टाढा रहन चाहेका कुरा उल्लेख गरेका छन् ।

बिहिबार बिहान सकिएको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६ – १ ले पराजित गरेसँगै उनले विश्राम लिने बताए । ४६ वर्षिय एनरिकको वार्सिलोनामा तेश्रो सिजन हो ।

एनरिक स्पेनिस लिग ह्याट्रिक गर्ने अभियनमा छन् । बिहिबारको खेलमा रियल बराबरीमा रोकिएसँगै बार्सिलोनाले एक अंकले रियललाई पछि पारेको छ । १ खेल कम खेलेको रियलसँग ५६ अंक रहेको छ भने २५ खेलबाट वार्षिलोनाको ५७ अंक रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया