बेजिङ्ग,

अलिबाबा इन्टरनेशनलका मालिका विश्वको २३ औ अरवपपति ज्याक मा ले एक फ्यान नाम गरेका ८ वर्षिय गरिव बालकलाई पढाउने भएका छन् । ती बालकको आर्थिक अवस्था निकै नाजुक भएको र उनका आमालाई पोलियो तथा हजुरआमालाई अलजाइमर रहेका छ ।

उनका बाबु वितिसकेको हुनाले ती बालक स्कुल नगई परिवारका लागि काम गर्थे । अघिल्लो वर्ष यि गरिब बालकको भिडियो भाइरल बनेको थियो जस्मा उनको परिवारको लागि सहयोगको अपिल गरिएको थियो । फ्यान पुर्वी चिनको योङगफाङगमा बसोबास गर्छन् ।
विश्वको २३ औँ तथा चिनको दोस्रो ठुलो धनीको सुचिमा सुचिकृत अरवपति ज्याक मा ले उनको पढाईको लागि सम्मर्पुण खर्च व्यहोरीदिने बताएका छन् । उनको कुल सम्पति लगभग ४००० करोड डलर रहेको अनुमान गरिएको छ । ज्याक पनि सानोमा गरिवीमा नै हुर्केका हुनाले पनि समाज सेवा र गरिवप्रति उनको मोह गएको बुझिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया