आयोजक बंगलादेश सहित सुमह बि मा पाकिस्तान नेपाल र हङकङ एउटै समुहमा परेको छ । बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल समुह बी मा परेको छ । सो समुहमा नेपालसंगै पाकिस्तान पनि रहेको छ ।

बुधबार भएको समुह ड्र अन्तर्गत नेपाल रहेको बी समुहमा आयोजक बंगलादेशसंगै पाकिस्तान र हङकङ रहेका छन । यो समुहको खेल कक्स बजारमा हुने बताइएको छ । समुह ए मा भारतसंगै श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन । यो समुहको खेल चिटगोङमा हुनेछ ।

प्रतियोगिताको मिती भने अझै तय भएको छैन । केन्या विरुद्धको खेलको तयारीमा रहेको नेपालले निकट भविष्यमा विश्व क्रिकेट लिग अन्तर्गत हङकङसंग खेल्नेछ ।

Please share us on:

तपाईको प्रतिक्रिया