काठमाडौं,

एनसेलले मोबाइलले अब एनसेलको सिंग्नल टिप्ने ठाउबाट मज्जाले फेसबुक चलाउन पानउने इन्टरनेट सुविधा उपलब्ध गराएको छ । एनसेलका ग्राहरुले यो सुविधा पाउनेछन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा मंगलबार ‘फेसबुक फ्री’ सार्वजनिक योजना सार्वजनिक गरेको हो। ‘फेसबुक फ्री अफर’ यही बुधबार ९ फागुन बाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ।

फेसबुक फ्री योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर ९प्रोक्सी बाहेक० बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन्। एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्री’ बटन स्वतः देखिने छ। यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्ने एनसेलले जनाएको छ।

पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनर शिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्री सार्वजनिक गरेका थिए। हाल नेपालबाट ८० लाखभन्दा बढि मानिस फेसबुकमा आवद्ध रहेको जानकारी गराइयो।

Please share us on:

तपाईको प्रतिक्रिया