मकवानपुर,
संविधान संशोधन नगरी निर्वाचनमा गए देश द्धन्द्धमा फस्ने पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टिको संयोजक बाबुराम भट्टराईले बताएका छन् । बुधबार हटौँडमा प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान निर्माण कै बेलामा केहि क्रुटिहरु भएको छन् त्यसलाई सच्याउनको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए ।
ठुलो पार्टीहरुको सत्ता मोहको कारण देश अनिर्णयको बन्दी बनेको भन्दै दलगत स्वार्थबाट माथि उठेर निर्वाचन भन्दा पहिला अपुर्ण सविधानलाई पुर्ण बनाउनु पर्ने बताए ।
विशेर गरेर सासकीय स्वरुपमा यो संविधान बनाउदा गल्ती भएको जनाउदैँ प्रत्यक्ष कार्यकारी प्रमुखले सरकार चलाउन पाउनु पर्ने भन्दै त्यसको वातावरण बनाउन पनि आग्रह गरे । यदि निर्वाचन हुने हो नयाँ शक्ति पाटी पहिलो शत्ति भएर आउने दाबी गरे ।





