काठमाडौँ,

भुकम्प पिडितको कालागि पुन निर्माण प्राधिकरणले १२ अर्ब ७५ करोड ५० लाख रुपिय विनियोजन गरेको छ । बुधबार बसेको बैठकले दोस्रो किस्ता बापतको रकम निकाशा गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुरुप नै बिहिबार दास्रो किस्ता सम्बन्धी जानकारीका लागि सरोकारवाला निकायहरुलाई पत्रचार गरिएको पुननिर्माण प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता बापतको ५० हजार केहि महिना पहिले नै पाइसकेका थिए ।

केहि पिडितहरुले दोस्रो किस्ताको रकम पाउने बेला हुदाँ पनि गुनासमा परेकाहरुको सुनुवाई नहुनुले बाँकी पिडितहरु मर्कामा परेका छन् ।उहि किसिमको पिडित कोहीको महल बनिसक्दा पनि कोहिको पालमुनि बाँस हुने निश्चित छ । 

सरकार तथा पुन निर्माण प्राधिकरणले गुनासाहरुको सम्बोधन नगर्दा पक्षपात गरेका जस्तो देखिन थालेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया