काठमाण्डौ,

वैदेशिक रोजगारीमा गएर गम्भिर घाईते वा मृत्यु हुनेकाहरुको लागि प्रधानमन्त्रीले विशेष प्याकेज घोषण गरेका छन् । मंगलबार प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेर १२ वटा विशेष कार्यक्रम घोषणा गरेका हुन् ।

विशेष कार्यक्रममा अन्तरगत घातक रोग लागेमा पाँच लाख रुपैयाँको स्वास्थ्या बीमादेखि मृत्यु भएमा कल्याणकारी कोषबाट ७ लाख रुपैयाँसम्म पाउने प्रावधान रहेको कार्यक्रम रहेको छ ।

वैदेशिक रोजगारीमा गएर दुर्घटना अथवा प्राण घातक रोग लागेर मृत्यु भएमा २० लाख रुपैयाँ पाउने भएका छन् । गम्भिर घाईते वा कोमामा रहेको अवस्थामा १८ लाख रुपैयाँ र ७ लाख रुपैयाँ कल्याणकारी कोषबाट पाउने व्यवस्था कार्यक्रममा रहेको छ । यस अघि यस्तै प्रकृतिका घटनामा १३ लाख पाउने प्रावधान रहेको थियो ।

यस अघि कल्याकारी कोषबाट र बिमाबापत १० लाख मात्र पाउथेँ । सरकारले वैदेशिक रोजगारीमा गएकाहरुको विशेष रेखदेख गरेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

सरकारले आज घोषणा गरेको १२ वटा विशेष कार्यक्रममा वैदेशिक रोजगारीमा रहएको समस्यको समाधान गर्ने बाटोमा अगाडि बढेको जस्तो देखिन्छ ,।

तर सरकारले घोषणा गरेका सबै कार्यक्रमहरुलाई रित पुर्वक आउनु पर्ने छ । जस्तै बिमा गरेको मिति नाघेको छ भने समयमा नै नविकरण गरेको हुनु पर्ने छ ।

Please share us on:

तपाईको प्रतिक्रिया