काठमाण्डौ,
प्रधानमन्त्री पुष्पकमल दाहालले ३ महिना पुग्ने पेट्रोलियम पद्धार्थको भण्डारण व्यवस्था मिलाउने मातहतको कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
सिहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा मंगलबार आपूर्ति, अर्थ र आयल निगमका कर्मचारीहरुलाई ३ महिनालई पुग्ने ग्यास पेट्रोल लगायत सम्पुर्ण इन्धनको व्यवस्था गर्नको लागि निर्देशन दिनुको साथै भण्डारणको व्यवस्था गर्ने वातावरण मिलाउन सुझाए । भण्डारण निर्माणको बजेटको कमी नहुने पनि जानकारी दिए ।
अँम्लेगञ्जदेखी चितवन सम्मको पाइपलइनको व्यावस्था मिलाउन लागिएकाले जनतालाई सुविधा हुने काम गर्नको लागि ढिलो गर्न नहुने गरि कर्मचारीहरुलाई निर्देशित गरेका हुन् ।





