काठमाडौँ,

संविधान जारी भएको करिब २ वर्ष पुग्न लाग्दा पनि कार्यन्वयनको बाटोमा जान सकेको छैन् । निर्वाचन आयोगले आगामी माघ १५ गते भित्र आवश्यक ऐन नबने कुनै पनि चुनाव गर्न नसक्ने बताएको छ । सरकारले निर्वाचनको मिति तोक्छु भने पनि तोक्न सकेको छैन् । निर्वाचन आयोग भने कसरी निर्वाचन गर्ने भन्ने पनि अन्योल मै रहेको छ ।

संविधान जारी भएको ३ वर्ष भित्र ३ वटै तहको निर्वाचन सक्ने सहमति दलहरु विच भएको थियो । तर स्थानिय तहको पुनसंरचनाले अहिले पनि पुर्णत पाइसकेको छैन् । त्यसकारण कुन चुनाव पहिला गराउने भन्ने निर्वाचन आयोगले केहि भनेको पाइदैन् ।

पछिल्लो समय निर्वाचन आयोग स्थानिय निकायको चुनाव गराउनको लागि भित्रि तयारीमा लागेको जस्तो लागे पनि अहिले सम्म कसरी गर्ने भन्ने कानुन बनेको छैन् त्यसकारण जति कानुन बनाउनु पर्ने हो माघ १५ भित्र बनाइसक्नु पर्नेछ । नत्र कुनै पनि निर्वाचन गर्न सम्वभ छैन् ।

Please share us on:

तपाईको प्रतिक्रिया