तेह्रथुम,
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले तेह्रथुम जिल्लाको संक्रन्ति बजारका आगो लागि पिडितको लागि एक करोड रुपिया दिने भएका छन् । आगलागि क्षेत्रको निरिक्षण गर्दै मंगलबार प्रधानमन्त्री दाहालले पुर्नवासको लागि उक्त रकम उपलब्ध गराउने जाकारी दिएका हुन् ।
पुस १ गते लागेको आगलागिका कारण संक्रान्ति बजारको ३२ घर जलेको थियो भने ५६ परिवार विस्थापित भएका थिए । अनुमाननित क्षति करिव १४ करोड भन्दा माथि रहेको छ ।
प्रधानमन्त्रीले आगलागि पिडितसँग कुरा गर्दै संक्रान्ति बजार तेह्रथुमकै एैतिहासिक बजार रहेको बजारलाई पहिलेकै अवस्थामा ल्याउनका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका हुन् । वित्तिय संस्था स्थापना, खाने पानीको व्यवस्था, स्वास्थ्या संस्थाको पुर्नस्थापना तथा एम्बुलेन्ससमेत सरकारले उपलब्ध गराउने कुरा बताए हुन् ।





