काठमाडौँ,
लामो समयसम्म अवरुद्ध संसद मंगलबार पनि सुचना टाँसेर स्थगित गरिएको छ । अव संसद आगामी पौष २४ गते बस्ने छ । संसद स्थगित गर्नु अघि सबै दलको सचेतकहरुको कार्यव्यवस्था परमर्श समितिको बैठक बसेको थियो । दुवै पक्षलाई सहमति र छलफलको लागि समय उपलब्ध गराएको बुझिएको छ ।
एमाले लगायत साना ९ दलले संसद अवरोध गरिरहेपछि सत्ता पक्ष पनि अलमलमा परेको छ । संशोधन प्रस्तावलाई कसरी पास गराउने भन्ने चिन्ता सँगै लगातारको संसद अवरोधले सत्ता पक्षलाई टाउको दुखेको छ ।
सर्वोच्चको फैसलासँगै एमालेको अव मार्ग तया गर्न र सहमतिको लागि प्रयास गर्न पनि सभामुखले संसद बैठक अगामी पुष २४ सम्म सारेको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।





