काठमाडौँ,
संसद बैठक दास्रो पटक सुचना टाँसेर स्थिगित गरेको जनाएको छ । सभामुखले दोस्रो बैठकको लागि ४ बजे आह्वान गरे पनि ४ बज्न १५ मिनेट बाँकी छैदै बैठक स्थिगित भएको सुचना टाँसिएको थियो । मंगलबार पुन १ बजे बस्ने गरि सुचना टाँसिएको छ ।
पटक पटकको संवादबाट पनि सहमतिको गाँठो नफुके पछि सोमबारको बैठक बस्न नसकेको हो । ३ दलका शिर्ष नेताबाट आज पनि सहमतिको प्रयास जारी भए पनि विनानिकर्शमा वार्ता सकिएको थियो । दुवै पक्ष आ—आफ्नो अडानमा अडिग रहेपछि वार्ता विफल भएको हो । सत्ता पक्षले एमालेलाई सदन खुलाउन र सहमतिमा आउन आग्रह गरे पनि एमाले संशोधन दर्ता फिर्ता लिए सबै थोक सुचारु गरिदिने बताएको छ
सभामुखले भोलि पुन ११ बजे शिर्ष नेताहरुलाई बैठकमा डाकेकी छिन् । सहमतिको लागि सभामुखले निरन्तर सक्रिय रुपमा लागे पनि ठोस निकास निस्केको छैन् ।





