काठमाडौँ,
नेकपा एमाले लगायत साना ९ दलका सचेतकहरुको वैठकले संसदको अवरोधलाई अझ कडा बनाउने निर्णय गरेको छ । सरकारले विगतको विरोध र अवरोलाई सामान्य किसिमले लिएर संशोधनको प्रस्तावलाई टेवुल गर्न खोजे भन्दै संसद अवरोध अव नयाँ रुपले अगाडि बढ्ने जनाएको हो ।
सत्तापक्ष र मधेशी मोर्चाले सोमबारको संसदमा भिड्न्तको वातावरण निम्त्याएको भन्दै सोमबार संसद लगायत देशमा अप्रिय घटना घटे त्यसको दोष सत्ता पक्षिय दल मधेशी मोर्चाले लिनुपर्ने ९ दलका सचेतकहरुले बताएका हुन् ।
सत्तागठबन्धन दलहरुले संसदमा एमालेले तोडफोड गरोस भन्ने चाहन्थ्यो तर एमाले लगायत साना दलहरुले संयम अपनाउदा अहिले सम्म अप्रिय घटना नघटेको भन्दै त्यसलाई सरकारले कमजोरीको रुपमा हेरेको बताएका छन् ।
यदि सरकारले यसलाई कमजोरी ठानेर संशोधन टेबुल गर्न खोजेको र त्यसलाई अव कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।





