काठमाण्डौँ,
सत्तापक्ष र मधेशी दलहरु जसरी पनि सशोधन पारित गराउन कम्मर कसेर लागेका छन् भने प्रतिपक्ष संशोधनलाई फेल गराउनको लागि अगाडि बढेका छन् । सहमतिको साँठो मुठभेटमा दलहरु अगाडि बढेका प्रष्ट छ । हिजोको सत्ता पक्ष र मधेशी दलको तयारी र भारतले मधेशबादी दललाई संशोधनको पक्षमा जान सुझाएपछि माहोल एकाएक तातिएको छ ।
सरकार मार्सल लगाएर भए पनि पारित गराउने पक्षमा छ । शेर बहादुर देउवाले त पहिलोको संसदमा यस्तो गरे अब यसमा पक्का म गरिदिन्छु अर्थात संशोधनको प्रस्ताव पारित गरिदिने भनेर मधेशी मोर्चार्ला वचन नै दिइसकेको छन् । संसदीय खेल कसरी खेल्न पर्छ मलाई राम्रोसँग थाहा छ । यो भनाई सामन्य पक्कै होइन यसमा केहि रहस्य लुकेको छ ।
यता प्रतिपक्षमा रहेका दलहरुको भनाई पनि कम छैन् । एमालेका पार्टि सचिव योगेश भट्टराईको भनाईलाइ आधार मान्ने हो भने पनि २०० संसद हातमा दहि जमाएर बसेका हुदैन् यो भनाई कत्तिको खतारनाक छ भने संसदलाई रणमैदान बनाउनको लागि उद्धत रहेका अनुमान लगाउन सकिन्छ । दुबै पक्ष देखाउनको लागि मात्रै सहमतिको कुरा गरिरहेका छन् तर भित्रि खेल आफ्नै किसिमले अगाडि बढ्न लागको छन् ।
संसदमा भिड्न्तको तयार भएको छ । केहि समय अघि माओबादीले संसदमा गरेको तोडफोडको संकेत होईन यो । कतै देशलाई कतै ठुलो दुर्घटना लाने कोशिस गरिएका होईन । देशको भविष्य कता जाने हो यस्को चिन्ता कुनै पनि दललाई नभएको हो कि ?





