काठमाण्डौँ,
नेकपा एमालेको पुस २२ गते भृकुटी मण्डपमा गर्ने सरकारविरोधी प्रदशनलाई व्यापक बनाउनको लागि आफ्ना भातृ संगठनहरुलाई निर्देशन दिएको छ । विहिबार पार्टी कार्यलय धुम्बाराही इश्वर पोखरेलको अध्यक्ष्यतामा बसेको विभिन्न भातृ संगठनहरुको बैठकमा यस्तो निर्देशन दिएको हो । पुस २२ गते एमालेसहित ९ दलले भृकुटि मण्डपमा वृहत शक्ति प्रदशनको तयारीमा लागेको हो ।
पुस २२ गतेको विरोध कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि एमालेले पुरै वाग्मतीलाई चलयमान बनाउने जनाएको छ । त्यसै एकिकृत जुलुस वागबजारबाट सूरु हुने छ भने भेष भुसा संस्कृती झाकीलाई पनि समावेश गर्न आग्रह गरेको छ ।
काठमाण्डौँको उपत्यकाको सबै निर्वाचन क्षेत्रबाट निस्कने जुलुसको समन्वयकारी भुमिका निर्वाह गर्न पनि विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ ।





