कपिलवस्तु,
कपिलवस्तु भन्सार कार्यलयमा गोली चलेको छ । गोली लागेर २ जना सशस्त्र प्रहरी कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाईते भएका छन् । दुवै जनता खतरा मुक्त भएको बताएको छ ।
गोली चलाउने को हुन् भन्ने थाहा नभए पनि भारतीय भुमिबात नेपालतर्फ गोली चलाइएको छ । गोली चलाउने भारतीय तस्कर हुन सक्ने प्रहरीले अनुमान गरेको छ । करिव २ वजेतिर एक्कासी गोली चल्दा प्रहरी र सर्वसाधरणको कोलाहल मच्चिएको छ ।
अहिले अवस्था सामन्य रहे पनि प्रहरीेले चेक जाचँलाई कडा बनाएको छ भने गोली चलाउनेको खोजी भइरहेको छ ।





