काठमाण्डौँ,

लामो समयदेखि काकाकुल काठमाण्डौँका लागि पानीको आशाको केन्द्र बन्दै आएको मेलम्ची खानेपानी आयोजनाको एक भागको सुरुङ लगभग अन्तिम चरणमो पुगेको छ ।

सिन्धुबाट खन्दै आएको सुरुङ र सुन्दरीजलबाट खन्दै गरेको सुरुङ कुनै अवरोध नआए बुधबार जोडिने छ । करिब ९ . ४ किमी सुरुङ दुबै पट्टि खन्दै आएको थियो । कतिपय अवस्थामा सुरुङ खन्दा सहि दिशामा नगइ टेडो हुन सक्थ्यो तर अब त्यस्तो हुने खतरा टरेका एक इजिनियरले बताए । अब सुरुङले सुन्दरीजल र सिन्धुलाई छोएको छ ।

अब सुरुङ खन्न ५ किमि मात्तै बाकी रहको छ । बाकी ५ किमी खन्न कमसशल खालको भु बनोट रहेकोले जोखिम हुने ति इन्जिनियरले बताए । धेरै कामदार पनि लगाउने नपाइने र चलाखो भएर काम गर्न पर्ने हुदा बाकी ५ किमी अलि जोखिम रहेको छ । तर यहि गतिमा काम हुने हो भने अबको ७ महिनामा सुरुङको सबै काम सकिने छ ।

२७ किमी सुरुङ मध्ये २२ किमि सुरुङको काम लगभग भोलिसम्म सकिने छ ।

Please share us on:

तपाईको प्रतिक्रिया