धादिङ,
सोमबार विहान चितवनबाट काठमामाण्डौँतर्फ आउदैँ गरेको लु १ ख ९५८७ न को ट्रक विपरीत दिशाबाट आईरहेको ना ६ ख १११० न को ट्रक पृथ्वीराजमार्ग अन्तर्गत धादिङको भल्टारमा एकआपसमा ठोकिदा १ जना को ज्या गएको छ भने अन्य ३ घाईते भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृत्युहुनेको अहिले सम्म पहिचान खुल्न सकेको छैन् ।
दुर्घटनामा परि ९६८७ नम्बरको ट्रक चालक धर्मराज यादव, सहचाचक राम लामा र खेमराज रसाइली रहेको छन् । घाइतेहरुको स्टार हस्पिटलमा उपचार भइरहेको छ ।





