काठमाण्डौ,
आफै सरकारको पिलरको रुपमा बसेको नेपाली कांग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने माग गरेको छ । आईतबार सिहंदरबारस्थित संसदीय दलको कार्यलयमा पुर्वपदाधिकारी तथा पदाधिकारीहरुको बैठकमा स्थानिय निकाय निर्वाचन तथा एमालेले जारी राखेको विरोधको विषयमा कुरा भएको जनाएको छ ।
कांग्रेसले पुरानै संरचना भए पनि चुनाव हुनु पर्ने जानकारी दिएको हो । सविधान संशोधनको विषयलाई थाती राखेर भए पनि प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पर्ने जानकारी दिएका कांग्रेसले दिएको हो ।
अब स्थानिय निकायको निर्वाचनको लागि मिति तोक्न कांग्रेसले भुमिका खेल्ने जानकारी दिएको छ । संविधान संशोधन र निर्वाचनको लागि एमालेलाई पनि मनाउनुपर्ने कांग्रेस नेताहरुले बताएका छन् । अगामी बैठक सोमबार बस्नेछ ।





